पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मुलुकको आर्थिक समृद्धि र विकास काँग्रेसवाट मात्रै सम्भव हुने जिकिर गर्नुभएको छ । नेपाली काँग्रेस पोखरा–लेखनाथ महानगरपालिका–३० को आयोजनामा लेखनाथको शिशुवामा आयोजित उम्मेदवार परिचय तथा सम्मान कार्यक्रममा काँग्रेस नेता थापाले कास्कीको क्षेत्र नं १ को विकास निर्माणलाई आपूmले प्राथमिकतामा राखी काम गरेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सबै नेपाली जनताका आकांक्षा र चाहना पूरा हुने विश्वास व्यक्त गर्नु भयो । प्रदेशसभा कास्की क्षेत्र नं १ (ख)का उम्मेदवार कृष्ण केसीले काँग्रेसको बिकल्प काँग्रेस नै भएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया