ताजा खबर :- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दै छ । तर दुवै चरणको उम्मेदवारी दर्ता भईसक्दा गठबन्धनमा भएको सहमति प्रभाविकारी रुपमा पालना भएको देखिदैन् । त्यसो त राप्रपाले प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट अति कम स्थानबाट मात्र उम्मेद्वार उठाएको छ ।राप्रपाले काठमाण्डौं निर्वाचन क्षेत्र नं ८ को २ नम्बर प्रदेशबाट पार्टी भित्रकै चर्चित तथा लोकप्रिय युवा नेता प्रकाश रिमाललाई उम्मेद्वार बनाएपछि कांग्रेस र बाम गठबन्धनलाई समेत संकट परेको छ । रिमाल त्यस क्षेत्रको स्थानीय युवा माझ आफ्नो व्यक्तित्व र समाजिक क्रियाकपालका कारण चर्चित छन् ।

रिमालको काठमाण्डौ निर्वाचन क्षेत्र नं ८ को २ नम्बर प्रदेशको माटो तथा त्यो क्षेत्रका जनताहरुसंग निकै गहकिलो सम्बन्ध र सम्पर्क भएका व्यक्ति हुन् । ग्रामिण बिकास बिषयमा स्नाताकोत्तर हाँसील गरेका रिमाल २०४६ देखि २०५४ सालसम्म स्थानीय जनउद्वार माध्यामिक विद्यालयमा शिक्षण पेशा गर्दथे । उनले २०५४ को स्थानीय निर्वाचनमा २४ वर्षको उमेरमा तत्कालिन सितापाईला गा.वि.स वडा नम्बर ६ बाट निर्वाचित भएका थिए । युवा अवस्थादेखि नै समाजसेवा मार्फत लोकप्रिय नेता रिमाल सितापाइला जेसिसका पुर्व अध्यक्ष पनि हुन् । जेसिस मार्फत युवाहरुलाई उनले समाजिक क्रियाकलापमा सक्रिय गराएका छन् । स्थानीय स्थरमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा सितापाईला उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लाईन्स क्लब अफ नागार्जुन सीटीका अध्यक्ष तथा विभिन्न सहकारी र सामाजिक संस्था मार्फत त्यस क्षेत्रका स्थानीय बासीहरुको सेवामा समर्पित रिमालले बाम गठबन्धकका तर्फबाट उम्मेवारी दिनु भएकी नेतृ अष्ट लक्ष्मी शाक्य कडा चुनौती दिदै छन् ।

अष्ट लक्ष्मी शाक्य काठमाण्डौकी बासिन्दा भए पनि निर्वाचन क्षेत्र नं ८ को २ नम्बरको प्रदेश र त्यो क्षेत्रका जनतासँग उनको खासै सम्बन्ध छैन । त्यस क्षेत्रका लागि उनी टुरिष्ट मानिन्छिन् । त्यो क्षेत्रको सामाजिक विकासमा अष्ट लक्ष्मी शाक्यको कुनै भुमिका नभएको पनि राप्रपाका रिमाललाई चुनाव सहज हुने बताईन्छ ।विगतको अवस्थालाई मुल्याकन गर्दा पनि राप्रपाको अवस्था त्यस क्षेत्रमा राम्रो नै मानिन्छ । स्थानीय चुनावमा पनि त्यस क्षेत्रमा राप्रपाले वडामा विजयी भएको थियो भने ०७० को संविधानसभा निर्वाचनमा स्वयम युवा नेता प्रकाश रिमालले ५ हजार भन्दा धेरै मत प्राप्त गरेका थिए । तसर्थ पनि त्यस क्षेत्रमा बाम गठबन्धन र राप्रपाकै प्रतिशपर्धा हुने निश्चित छ । त्यो क्षेत्रमा कांग्रेसले पनि गठबन्धनको सहमतिलाई पालना गर्दै देवरत्न डंगोलको उम्मेदवारी फिर्ता लिए राप्रपाको विजयी निश्चित भएको कांग्रेस नै बताउदछ । यदि डंगोलले उम्मेदवारी फिर्ता नलिए त्यहाँ त्रिपक्षीय प्रतिशपर्धा हुनेछ । यस प्रतिस्पर्धाले निर्वाचन क्षेत्र नं ८ का प्रत्येक्ष तर्फका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नबीन्द्रराज जोशीलाई समेत असर पर्नेछ ।

तपाईको प्रतिक्रिया