एजेन्सी । पूर्व विश्व सुन्दरी तथा बलिउड चर्चित नायिका प्रियंका चोपडा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन् । मनोरन्जन र मिडिया दुनियाको सबैभन्दा प्राभावशाली महिलाको सूची भित्र १५ औं स्थानमा उनलाई उभ्याउने काम चर्चित म्यागजिन फोब्र्सले राख्ने काम गरेको हो । यो सूची चर्चित पप गायिका बियोन्स चौथो स्थान र गायक टेलर स्विफ्ट १२ औं स्थानमा अटाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । फोब्र्सका अनुसार जर्मनीकी चान्सलर पहिलो स्थानमा रहेकी छन् । गायिका बियोन्स ५०औं र टेलर ८५ औ स्थान छिन् । १०० प्रभावशाली महिलाको सूची भित्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इवाम्का पनि अटाएकी छन् । त्यस्तै चर्चित म्यागजिन फोब्र्सका अनुसार प्रियंका म्यागजिनको सबै श्रेणीको सूची भित्र भने प्रियंका ९७औं स्थानमा अटाएको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया