उर्लाबारी, मोरङ-मोरङको उर्लाबारी–५ स्थित पूर्व–पश्चिम राजमार्गको किनारमा आज बिहान एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।अन्दाजी ५४÷५५ वर्षको तराई मूलको जस्तो देखिने नामथर वतन नखुलेका मागी खाई हिँड्ने एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

चिसोका कारण ती व्यक्तिको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।मृतकको शवलाई परीक्षणका लागि स्थानीय मंगलबारे अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया