काठमाडौँ । डोटीको देउरदीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

डोटीको बोगटान गाउँपालीका गगुडाबाट दिपायल जाँदै गरेको से१ ज २५६ नम्बरको जिप डोटीको देउरदी भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आधा दर्जन बढी यात्रु घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी पुगेर उद्धार कार्य थालीसकेको छ ।

तपाईको प्रतिक्रिया