एजेन्सी । बलिउडका सुपरस्टार आमिर खान चलचित्रकर्मीका अलावा एक सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् । थोरै चलचित्रमा काम गर्ने तर चलचित्रको प्रभाव लामो समयसम्म पार्न वा छोड्न सक्ने कलाकारको छवी बनाएका यि स्टार कलाकार भन्छन् म जहिले पनि कोशिश गर्छु कि दर्शकलाई नयाँ कुरा दिनसकूँ । त्यही भएर फिल्मको चयनको विषयमा म निकै गम्भिर छु । त्यस्तै हिरोइनहरुलाई दोहोराउने कुरामा पनि म विश्वास गर्दिन । म अनुष्का र क्याट्रिनासँग काम गर्न चाहँदिन किनभने मैले उनीहरुसँग पहिले नै काम गरिसकेको छु । मैले निकै कम हिरोइनहरुसँग दोहोर्याए काम गरेका भोलिका दिनमा म क्याट्रिना र अनुष्कासाग काम नगर्ने प्रण नै गरेको छु ।

तपाईको प्रतिक्रिया