काठमाडौँ – अभिनेता शाहरुख खानलाई जन्मदिनको शुभकामना दिनका लागि उनको बान्द्रास्थित बंगला मन्नतका अगाडि हजारौँ शुभेच्छु भेला भएका थिए ।

५२आैँ जन्मदिन मनाइरहेका शाहरुखले बिहीबार आफ्ना ती शुभेच्छुकको हात हल्लाएर स्वागत गरे । उनलाई शुभकामना दिन मुम्बई मात्र नभई अन्य स्थानबाट समेत दर्शक आएका थिए । दर्शकको भिड शाहरुखलाई हेर्न र उनलाई शुभकामना दिनमा व्यस्त थियो । त्यही भिडभाडको मौका पारेर अज्ञात व्यक्तिले झन्डै २० जनाको मोबाइल चोरेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

मोबाइल कसले कसरी चोर्‍यो भन्ने कुरा भने पत्ता लागिसकेको छैन । पीडितहरूले बान्द्रा पुलिसमा आफ्नो मोबाइल चोरी भएको उजुरी दिएपछि पुलिसले अनुसन्धान सुरु गरेको छ । नयाँ पत्रिकाले छापेको छ ।

सिसिटिभी फुटेजको चेकजाँचपछि चोर पत्ता लाग्ने बताइएको छ । आफूलाई शुभकामना दिन आएका शुभेच्छुकको मोबाइल चोरी भएकोमा शाहरुखले दुःख प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया