श्रीमतीको कुटाइबाट झापामा एक जनाको ज्यान गएको छ । दमक–९ शान्तिचोकका ५५ वर्षीय बिदुर नेपालीको श्रीमतीको कुटाईबाट शुक्रबार ज्यान गएको हो ।मादकपदार्थ सेवन गरेर ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले निर्घात कुटपिट गर्दा नेपालीको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्थानीयका अनुसार सधैँजसो श्रीमान् श्रीमती दुबैजना मादक पदार्थ सेवन गरी झगडा गर्ने गर्थे ।

मृतक नेपालीको शरीरका विभिन्न स्थानमा कुटपिट गरेको निलडाम रहेको प्रहरीले जनाएको छ । शरीरमा निलडाम बाहेक अन्य धारिलो हतियार प्रयोग नभएको देखिएकाले आपसी झगडाका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।नेपालीको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पातल लगिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इप्रका दमकका डिएसपी दिपक गिरीका अनुसार कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया