काठमाडौं, कात्तिक १८ । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावपछि मुलुकमा नयाँ राजनीतिक व्यवस्था आउन सक्ने संकेत गरेका छन् । उनले चुनावपछि नयाँ सरकार बन्ने र उक्त सरकारले मुलुकलाई नयाँ ढंगबाट अघि बढाउने बताए ।

झापामा शुक्रबार पत्रकारहरुसँगको भेटमा ओलीले अहिले संसदीय व्यवस्था अचुक अस्त्र नभएको तर्क गरे । उनले संसदीय व्यवस्था नभए पनि अमेरिका, चीन जस्ता मुलुकहरु विश्वकै शक्तिशाली र समृद्ध बनेको उदाहरण प्रस्तुत गरे ।

पूर्व प्रधानमन्त्री ओलीले कार्यकारी शासन व्यवस्थाबाट पनि लोकतन्त्रलाई सुदृढ बनाउन सकिने दाबी गरे । उनले दलहरुबीचको तालमेलले पनि केही संकेत गरेको बताए । –कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया