काठमाडौँ। गायक अनिश पाण्डेले दिपक खरेलको स्वरमा सजिएको गीत ‘प्रतीक्षा गर मेरी मायालु’मा स्वर भरेर परिमार्जित शैलीमा नयाँ ढंगले कभर गीत तयार गरेका छन्।

‘मनसँग मन’ बोलको गीतबाट चर्चा कमाएका गायक पाण्डेले प्रतीक्षा गर मेरी मायालु निकै नै मर्मस्पशी भएको, यसलाई बाल्यकालदेखि नै सुन्दै र महशुस गर्दै आएकाले अहिले आएर कभर गीतका रुपमा फेरि ल्याएको गायक पाण्डेले बताए।

परिमार्जित गीतमा पुरुसोत्तम सुवेदीले म्यूजिक एरेन्ज गरेका छन्। जसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन्।

तपाईको प्रतिक्रिया