नेपालगन्ज १७ कार्तिक । उच्च अदातल तुल्सीपुर नेपालगञ्ज इजलाशका न्यायधिश गणेश प्रसाद बरालले न्यायलयले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको बताएका छन । नेपाल बार एशोसीएशनद्धारा कानून व्यवसायीका लागि सञ्चालित ८ दिने आधारभुत मेलमिलाप तालिमको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै न्यायधिश बरालले विवादको उत्तम उपाय मेलमिलाप भएकाले प्रथमतः मेलमिलापको माध्यम प्रयोग गर्नु पर्ने आवश्यक्ता औल्याए ।

बार उपाध्यक्ष शालिक राम सापकोटाले कानून व्यवसायीले पेशागत सीमा र जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउन बार प्रतिवद्ध रहेको उल्लेख गरे । बारका महासचिव खम्व बहादुर खातीले बारलाई समय सापेक्ष आत्मनर्भिर, प्रविधीयुक्त बनाउँदै कानून व्यवसायीको दक्षता अभिवृद्धीमा केन्द्रीत गरिरहेको बताए । जिल्ला न्यायधिश विष्णु सुवेदीले समाजमा मेलमिलापको आवश्यक्ता बढदै गएको उल्लेख गर्दै मेलमिलापकर्ता सम्वेदनशिल र जिम्मेवार बन्नु पर्नेमा जोड दिए । कार्यक्रममा उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष बल बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया