नेपालगन्ज १७ कार्तिक । बाँकेमा लोकतान्त्रिक र बामगठबन्धन दुवैलाई ‘बागी’ उम्मेदवार टाउको दुखाइ बनेका छन् । बागी उम्मेदवारलाई मनाउन दुवै गठबन्धनले पहल सुरु गरेका छन् । सबैभन्दा धेरै बामगठबन्धनमा बागी परेको छ । क्षेत्र नम्वर एकमा प्रतिनिधिसभाका लागि बामगठबन्धनका महेश्वर गहतराज अथक विरुद्ध नेकपा माओवादी केन्द्रकै सविर खाँ र सुरेसकुमार चौधरीको वागी परेको छ । उनीहरु दुवैलाई मनाउन नेतृत्वले पहल सुरु गरेको माओवादी केन्द्र बाँकेका संयोजक आइपि खरेलले वताए ।

त्यसैगरी क्षेत्र नम्वर एक क बाट प्रदेशसभा उम्मेदवार बनेकी कृष्णा केसी नमूनाका विरुद्ध माओवादी केन्द्रकै दुर्गा चौधरी र अमर खड्काको वागी परेको छ । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको समर्थनमा क्षेत्र नम्वर दुईका प्रतिनिधि सभा उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद विरुद्ध काँग्रेसका ध्रुव दाहालले बागी दिएका छन । दाहाललाई मनाउन पनि तोकतान्त्रिक गठबन्धनले पहल सुरु गरिसकेको जनाएको छ । नेकपा एमालेका पशुपति दयाल मिश्राको बिरोधमा एमाले निकट प्रेस चौतारीका पूर्व उपाध्यक्ष शिब डोटेलले उम्मेदवारी दिएका छन ।

क्षेत्र नम्बर २ मा माओवादीका मुगबहादुर शाहले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन । क्षेत्र नम्बर ३ ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका बाबुराम गौतमको बिरोधमा माओवादी केन्द्रका विजय पाठकको बागी उम्मेदवारी परेको छ । बाँके क्षेत्र नम्बर २ को प्रदेश क मा संघीय समाजवादी फोरमबाट विजयबहादुर यादवले उम्मेदवारी दिएका छन । क्षेत्र नम्बर २ को प्रदेश क मै उनकी श्रीमती सरोजकुमारी यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि चर्चा चुलिएको छ ।

तपाईको प्रतिक्रिया