चीन – चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस बर्ष अत्याधिक प्रदुषण गराउने नौ हजार ८१ कम्पनीहरु बन्द गरिदिएको छ ।

कुल १९ हजार कम्पनीहरु मध्ये वातावरण संरक्षण नीति उलङ्घन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ ।

सन् २०१७ मा गरिएको परिक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ ।

अन्य कम्पन्नीहरुले वातावरण संरक्षण सम्वन्धी मापदण्ड पुरा नगर्दा सम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिनुभयो ।

धेरै वायु प्रदुषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ ।

प्रदुषण सम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ । ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदुषणको संकेत गर्दछन् ।

तपाईको प्रतिक्रिया