एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेसीले आफूमाथि लागेको मानहानीको मुद्धा जितेका छन् । मुद्दा जितेसँगै मेसीले ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नामक संस्थालाई दिने घोषणा गरेको बबिसीले जनाएको छ ।

सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लागेपछि त्यसको प्िरतिकार गर्दै आएका मेसीले अन्तत मुद्धा जितेसँगै उनमा बेग्लै प्रकारको उत्साह छाएको छ । लामो अनुसन्धानपछि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी सावीत गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया