एजेन्सी – केही वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीच अहिले भने ब्रेकअप भइसकेको बताइएको छ ।

हालै मात्र एउटा रेस्टुरेन्टमा डिनर खान पुगेका उनीहरुबिच झगडा परेको र झगडा के विषयमा थियो भन्ने प्रष्ट नभए पनि विषय गम्भीर रहेको भारतिय मिडियाले उल्लेख गरेका छन् । खबर अनुसार रणवीर दीपिकासँग बिहे गर्न चाहिहालेका छन् भने दीपिका भने अझै केही वर्ष फिल्ममा नै फोकस गर्न चाहन्छिन् ।

यही विषयले उनीहरुको झगडा भएको हुन सक्ने बताइएको छ ।झगडापछि दीपिका र रणवीरको बाटो अलग अलग भइसकेको समाचार आएपनि यि दुइले भने मुख खोलेका छ्रैनन् ।

तपाईको प्रतिक्रिया