काठमाडौं । राप्रपाकी केन्द्रिय सदस्य तथा चर्चित गायिका कोमल वलीले एमालेमा प्रवेश गरेर फेरी धोका खाएपछि उनले स्वतन्त्र उमेदवारी दिएकी छिन् । निर्वाचनअघि एमालेले कोमल वलीलाई दाङबाट टिकट दिने आश्वासन सहित एमालेमा प्रवेश गराए पनि अन्तत वलीले टिकट नपाएपछि बिहीबार दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । सो क्षेत्रबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार बनेका छन् । यसैबिच चर्चित हाँस्यकलाकार जितु नेपालले कोमल वलीलाई एमालेले टिकट नदिएपछि ब्यग्यांत्मक शैलिमा भनेका छन् एमालेले कलाकारलाई उपयोग मात्रै गरेको तर बेला आउँदा पसिन उनीहरुलाई अवसर नदिएको बताएका छन् । यसअघि अघिल्लो निर्वाचनमा एमालेले कलाकार भुवन केसीलाई पनि यसैगरी रिँगाएको थियो ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कलाकार नेपालले कोमल वलीलाई एमालेले हरियो घाँस देखाएर ठण्डाराम पारेको कुरा स्टाटसलमा लेखेका छन् । कलाकार नेपालले स्टाटस लेख्दै भनेका छन् दलहरूले कलाकारलाई कार्यक्रममा भीड जम्मा गर्ने पात्र मात्र भन्ठानेको उल्लेख गरेका छन् ।

‘कुनै पनि दल र नेताहरूले हामीलाई सम्झिने भनेको यिनका आमसभा, चुनाव प्रचार प्रसारलगायतका कार्यक्रममा भीड जम्मा पार्ने माध्यम बन्ने र उनीहरूले भाषण गरून्जेल जनता अड्याउने कामका लागि मात्रै हो । त्यसैले आफ्नो प्रतिभा र लोकप्रियताको भर परौं, आफ्नो पेसा इमान्दारीका साथ निर्वाह गरी सम्पूर्ण नेपालीको मनमनमा बस्ने काम गरौं, कुनै पार्टीको गोटी भएर हाँसोका पात्र मात्र नबनौं ।

तपाईको प्रतिक्रिया