काठमाडौं – ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १२८ सिटमध्ये बुधबार रातिसम्म ५० प्रतिशत मात्र उम्मेदवार टुंग्याएको छ । प्रतिनिधिसभाका सबै तथा प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने संसदीय समितिका एक सदस्यले जानकारी दिए ।उम्मेदवार चयन ढिलाइ हुनुमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल मिलाउनु कारण रहेको उसले जनाएको छ ।

ती नेताले भने, ‘सिट तालमेल गरेरै उम्मेदवारी दिनु राम्रो हुने भन्दै प्रधानमन्त्रीले उम्मेदवारलाई जिल्ला पठाउन चारवटा हेलिकोप्टर स्ट्यान्डबाई राख्नुभएको छ ।’

निधिलाई मधेसवादीले समर्थन नगर्ने

कांग्रेस नेता विमलेन्द्र निधिलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले धनुषा क्षेत्र नं. ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ । धनुषा-३ मा निधि र सर्लाही-४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न फोरम नेपाल र राजपाले नमानेपछि कांग्रेस र मधेसकेन्द्रित दलबीचको तालमेल भाँडिने चरणका पुगेको हो ।

मनोनयन दर्ता गर्नु एक दिनअघि बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरूको बैठक बसेको थियो । बालुवाटार बैठकमा धनुषा-३ मा विमलेन्द्र निधिका लागि उम्मेदवारी छाड्न राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई कांग्रेस नेताहरूले आग्रह गरेका थिए । महतोले आफूलाई धनुषा-३ वा सर्लाही-४ मा समर्थन गर्न कांग्रेस नेतासँग आग्रह गरेका थिए।

निधिलाई धनुषा-३ र अमरेशकुमार सिंहलाई सर्लाही-४ मा उम्मेदवार बनाएकाले अरू नै क्षेत्र रोज्न महतोलाई कांग्रेस नेताले सुझाएपछि मधेसवादी र कांग्रेसबीच उम्मेदवारीको तय हुन सकेन । झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नछाड्ने अडान लिएपछि वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेको थियो ।

राप्रपालाई कांग्रेसले सिटौलाविरुद्ध लिङदेनको उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो । झापा-३ मा कांग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएको विषयमा बुधबार राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए । झापा-३ मा कांग्रेसले पूर्वमहामन्त्री सिटौला र राप्रपाले महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाएको छ।

प्रधानमन्त्री देउवा र राप्रपा अध्यक्ष थापाबीच बुधबार भएको छलफल झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विषयमा केन्द्रित रहेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए । प्रदेश-२ का ३२ निर्वाचन क्षेत्रमध्ये फोरमले १७ र राजपाले १५ उम्मेदवारी दिने निर्णय राजपा र फोरमबीच सहमति भइसकेकाले निधि र सिंहका लागि सिट छाड्न गाह्रो परेको राजपाका नेताहरूले बताएका छन् ।

सहमतिअनुसार राजपा शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो धनुषा-३, शरत्सिंह भण्डारी महोत्तरी-२, राजकिशोर यादव सिरहा ४, अनिलकुमार झा रौतहट १ र जितेन्द्र सोनल बारा-४ बाट चुनाव लड्ने भएका छन् । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

कांग्रेसका उम्मेदवार

प्रदेश नं. १ इलाम १ – भूपेन्द्र कट्टेल इलाम- २ केशव थापा तेह्रथुम- सीता गुरुङ, धनकुटा (राप्रपा तालमेल) उदयपुर १ डा. नारायण खड्का उदयपुर २ नारायणबहादुर कार्की झापा १ विश्वप्रकाश शर्मा झापा ३ कृष्णप्रसाद सिटौला मोरङ १ डिकबहादुर लिम्बू मोरङ २ डा. मीनेन्द्र रिजाल मोरङ ३ सुनीलकुमार शर्मा मोरङ ४ महेश आचार्य मोरङ ५ अमृतकुमार अर्याल मोरङ ६ डा. शेखर कोइराला सुनसरी १ मीनबहादुर विश्वकर्मा सुनसरी २ सीताराम मेहता सुनसरी ३ विजयकुमार गच्छदार सुनसरी ४ राजेन्द्रबहादुर कार्की

प्रदेश नं. २ धनुषा ३ विमलेन्द्र निधि बारा ३ फरमुल्ला मन्सुर पर्सा ४ रमेश रिजाल

प्रदेश नं. ३ सिन्धुली १ प्रेमचन्द्र दाहाल सिन्धुली २ नरेन्द्रजंग थापा मकवानपुर १ राप्रपा तालमेल मकवानपुर २ महालक्ष्मी उपाध्याय डिना काभ्रे १ तीर्थबहादुर लामा

प्रदेश नं. ४ नवलपरासी १ डा. शशांक कोइराला नवलपरासी पूर्व विष्णुकुमार कार्की तनहुँ १ रामचन्द्र पौडेल स्याङ्जा १ राजु थापा स्याङ्जा २ गोपालमान श्रेष्ठ पर्वत १ अर्जुनप्रसाद जोशी

प्रदेश नं. ५ पाल्पा १ विजयराज घिमिरे पाल्पा २ हरिप्रसाद नेपाल अर्घाखाँची १ रामबहादुर बिसी गुल्मी १ चन्द्रकान्त भण्डारी गुल्मी २ चन्द्रबहादुर केसी दाङ ३ दीपक गिरी प्युठान १ डा. गोविन्दराज पोखरेल बर्दिया २ गोपाल दहित

प्रदेश नं. ६ सल्यान १ राजेन्द्रबहादुर शाह सुर्खेत १ पूर्णबहादुर खड्का सुर्खेत २ हृदयराम थामी दैलेख १ राप्रपासँग तालमेल दैलेख २ शिवराज जोशी

प्रदेश नं. ७ कैलाली १ ईश्वरीदेवी न्यौपाने कैलाली २ मोहनसिंह राठौर कैलाली ३ रामजनम चौधरी कैलाली ४ सुनीलकुमार भण्डारी कैलाली ५ डा.आरजु राणा कञ्चनपुर १ दिवानसिंह विष्ट कञ्चनपुर २ नारायणप्रकाश साउद कञ्चनपुर ३ रमेश लेखक डडेलधुरा १ शेरबहादुर देउवा अछाम १ भरतकुमार स्वाँर अछाम २ पुष्पबहादुर शाह डोटी १ वीरबहादुर बलायर

प्रदेश नं. ३

काठमाडौं १ प्रकाशमानसिंह काठमाडौं २ दीपक कुइँकेल काठमाडौं ३ अम्बिका बस्नेत काठमाडौं ४ गगन थापा काठमाडौं ५ डा. प्रकाशरण महत काठमाडौं ६ भीमसेनदास प्रधान वा जिल्ला सभापति सबुज बानियाँ काठमाडौं ७ राप्रपासँग सहमति प्रयास काठमाडौं ८ नवीन्द्रराज जोशी काठमाडौं ९ ध्यानगोविन्द रञ्जित काठमाडौं १० राजन केसी

तपाईको प्रतिक्रिया