काठमाडौँ । ‘दोस्रो चरणको चुनावमा उत्साहपूर्ण मनोनयन’ शीर्षक दिएर ब्यानर समाचार लेखेको नागरिक दैनिकले प्रदेशसभा चुनावमा गुन्डाको उम्मेदवारी परेको लेखेको छ । ‘काठमाडौं प्रहरीसँग ०६० यताको आपराधिक गतिविधिको सूचीमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी उजुरी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए । अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्ति सुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको छ ।

दुवै जना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन्’ नागरिकको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया