नेपालगन्ज १६ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिसभा सभा निर्वाचनका लागि बाँकेमा दलहरुले उत्साहका साथ उम्मेदवार मनोनयन दर्ता गराएका छन । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले–माओवादी केन्द्रको बाम गठबन्धन, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी, नयाँशक्ती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ती पार्टी, राष्ट्रिय शिव सेना पार्टी, एकीकृत राप्रपा राष्ट्रवादी लगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

ती दलहरुले यसअघि नै पार्टीद्वारा टुङ्गो लगाएका उम्मेदवारहरुलाई नै चुनावी मैदानमा उतारेका छन् । केन्द्रमा राजपा र संघीय समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएपनि बाँकेमा भने दुवै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । सबैले उत्साहका साथ दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा काँग्रेसका माधवराम खत्री, क्षेत्र नम्वर २ मा राप्रपाका ओम प्रकाश आजाद र क्षेत्र नम्वर ३ मा कांग्रेसका बादशाह कुर्मीको मनोनयन दर्ता भएको छ ।

प्रदेशतर्फ लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्वर १ क मा फोरमका बुफ्रान अहमद शाह, क्षेत्र नम्वर १ ख मा कांग्रेसका नारायणप्रसाद गौडेल, क्षेत्र नम्वर २ क मा काँग्रेसका निरन्जनसिंह सिजापति, ख मा सुरेन्द्र हमाल, क्षेत्र नम्वर ३ क मा चन्तराम थारु र क्षेत्र नम्वर ३ ख मा लक्ष्मीनारायण शाहको मनोनयन दर्ता भएको छ । बाम गठबन्धनले प्रतिनिधिसभा सदस्यको लागि बाँके क्षेत्र नम्वर १ मा माओवादी केन्द्रका महेश्वर गहतराज अथक, क्षेत्र नम्वर २ मा एमालेका पशुपतिदयाल मिश्र र क्षेत्र नम्वर ३ मा एमालेका निवर्तमान अध्यक्ष नन्दलाल रोका क्षेत्रीको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यमा बाम गठबन्धनबाट क्षेत्र नम्वर १ क मा अन्ततः माओवादीका कृष्णा केसी नमुना उम्मेदवार बनेकि छन । ख मा एमालेका आरती पौडेल, क्षेत्र नम्वर २ क मा माओवादीका कामता प्रसाद खटिक, ख मा एमालेका विजय गुप्ता, क्षे नम्वर ३ क मा माओवादीका आइपी खरेल र ख मा एमालेका बाबुराम गौतमको उम्मेदवारी परेको छ । राजपाले क्षेत्र नम्वर २ मा प्रतिनिधि सभाका लागि विजय गुप्ता र ३ मा फैसल अन्सारीको उम्मेदवारी दर्ता गराएको छ ।

प्रदेश सभामा क्षेत्र नम्वर २ क बाट आशिष गुप्ता, ख बाट कौशल मिश्र र क्षेत्र नम्वर ३ क बाट रविन्द्रनाथ शुक्ला र ख बाट राजिव वर्माको उम्मेदवारी परेको छ । संघीय समाजवादी पार्टी फोरमले क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभाका लागि लाल बहादुर शाह, २ बाट मोहम्मद ईस्तियाक राई र ३ बाट मनोज दिक्षितलाई उम्मेदवार बनाएको छ । प्रदेश सभा सदस्यमा फोरमले क्षेत्र नम्वर १ क बाट सम्सर खाँ, ख बाट प्रमोद यादव, क्षेत्र नम्वर २ क बाट विजय बहादुर यादव, ख बाट दुर्गेश कुमार वैश्य र क्षेत्र नम्वर ३ क बाट राम सोहावन कुर्मी र ख बाट बलिराम यादवलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दर्ता गराएको छ ।

क्षेत्र नम्वर एकको प्रतिनिधिसभाका लागि कमला खड्का, प्रदेशसभा क बाट पार्वती कार्की र ख बाट शरद लामिछानेको उम्मेदवारी दर्ता भएको हो । क्षेत्र नम्वर दुईमा प्रतिनिधिसभाका लागि कृष्णराज पाण्डे, प्रदेशसभा क बाट कले दमाइ ख बाट रामसागर चमारको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी क्षेत्र नम्वर तीनमा प्रतिनिधिसभाका लागि मानबहादुर भण्डारी, प्रदेश सभा क बाट लटन खाँ र ख बाट रमा आचार्यको उम्मेदवारी दर्ता भएको छ । विवेकशील साझा पार्टीबाट क्षेत्र नम्वर एकको प्रतिनिधिसभाका लागि कुशल अधिकारी, प्रदेशसभा क बाट दया थारु र ख बाट ज्योति परियारको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नम्वर दुईको प्रतिनिधिसभाका लागि नगेन्द्र कुवँर, प्रदेश सभा ख मा डाक्टर विनोद कर्णको उम्मेदवारी परेको छ भने क्षेत्र नम्वर तीनको प्रतिनिधिसभाको लागि अमित लामाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया