नेपालगन्ज १६ कार्तिक । बाँकेमा ३ प्रतिनिधिसभाका लागि ४० र ६ जना प्रदेशसभाका लागि ६९ जनाकोे उम्मेदवारी परेको छ । त्यसमध्येमा प्रतिनिधिसभा स्वतन्त्रतर्फ ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी २ नम्वर क्षेत्रमा ६ जनाको परेको छ ।

क्षेत्र नम्वर एकमा प्रतिनिधिसभाका लागि १३ जनाको उम्मेदवारी परेकोमा तीन जनाले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । काँग्रेस र माओवादीकै विरुद्धमा बागी उम्मेदवारी परेको छ । काँग्रेसका कृष्णबहादुर कार्की र माओवादी केन्द्रका सविर खाँ र सुरेसकुमार चौधरीको वागी उम्मेदवारी परेको हो । प्रदेशसभा एक क मा माओवादी केन्द्रका अमर खड्का र दुर्गा प्रसाद चौधरीले आफनै उम्मेदवार विरुद्ध बागी दिएका छन । क्षेत्र नम्वर दुईमा प्रतिनिधिसभाका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । काँग्रेसका ध्रुव दाहाल र एमालेका शिव डोटेलले बागी उम्मेदवारी दिएका छन । त्यसैगरी प्रदेशसभा क मा १४ जनाको उम्मेदवारी परेको छ भने ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

ख मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ २ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्वर तीनमा प्रतिनिधिसभाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभा क मा १० जनाको उम्मेदवारी परेको छ । ख मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा ख मा तीनजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यहाँ प्रतिनिधिसभा र प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवारी परेन् ।

तपाईको प्रतिक्रिया