काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबासीले हराए आफूले स्विकार्ने बताएका छन् ।

उम्मेदवारी दर्ता गरे लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भने धेरै साथीहरुले मलाई तपाई नजानुस् सबै मिलेर हराउछन् भन्ने भनाईलाई बेजोडका साथ प्रतिक्रिया दिँदै भने चितवनका जनताले हराए म हाँसीहाँसी हार्न तयार छु । यसैबिच एक फरक प्रसंगमा प्रचण्डले भने वाम गठवन्धन र एमालेसँग पार्टी एकता गर्ने सहमतिपछि कांग्रेसमा १० रेक्टर स्केलको भूकम्प गएको छ ।

कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन खोजेको आरोपप्रति आक्रोशित बनेका प्रचण्डले आफुलाई लोकतन्त्रको पाठ नसिकाउन चेतावनी दिँदै भने पार्टी छोडेर गएका बिजय गच्छदार, महन्थ ठाकुर लगायतलाई फर्काएपछि राजालाई भने नर्फकाउनुहोला ।

तपाईको प्रतिक्रिया