काठमाडौँ । पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा प्रतिस्पर्धाका लागी सहभागीता जनाउन पाउँदा निकै खुशी लागेको बताएकी छिन् । उनले भनिन् नेपालले पहिलो पटक मिस युनिभर्समा सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्त प्रतियोगितामा नेपाललाई प्रतिनिधित्वगर्दै म नै पहिलो पटक जानपाउदा खुसिसँगै जिम्मेवारी पनि बढेको छ । म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागीभएको हिसाबले पनि केहि अनुभव त छ नै साथै मैले विभिन्न विधाको प्रशिक्षण पनि लिएकी छु ।

यो मेरो सपना थियो , जसलाई पुरा गर्ने अवसर पाएको छु । यसको तयारीमा मैले केहि कसर बाकि राखेकी छैन तर मेरो तयारीसँगै तपाइको भोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले नोभेम्बर २६ मा हुने मिस युनिभर्समा मेरो मेहनतलाई सार्थक बनाउँन तपाईले पनि भोट गर्नु पर्ने हुन्छ । त्यो भोट मेरो लागि आशिर्वाद हुनेछ भने मेरो मेहनतलाई पनि सार्थक बनाउनेछ । मैले त्यहाँ आफ्नो देशको मौलिक पहिरनलाई फोकस गर्दै आफुलाई प्रस्तुत गर्नेछु । नेपालको सर्वा्िधक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजनागर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथामिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउदो नोभेम्बर ६ मा अमेरिका जादैउछिन । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी आफ्नो सम्पूर्ण तयारी पुरा गरेर उक्त प्रतियोगितामा सहभागी हुन् जान लागेको जनाएकी छिन् । विगत केहि महिना यता गरिरहेको तयारी तथा उनले मिस युनिभर्समा आफुलाई प्रस्तुत गर्ने विविध कुराको जानकारी दिन आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । राजधानीको अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो आत्मविश्वास समेत प्रस्तुत गरिन । ’प्रेस प्रिजेन्टेसन’ नाम दिइएको कार्यक्रममा नग्मा विभिन्न डिजाइनमा समेत प्रस्तुत गरेकी थिइन् । ६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ , जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्वगर्दै जादैछिन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्ममिस युनिभर्समा नेपालबाट सहभागिताभने भएको थिएन ।

तपाईको प्रतिक्रिया