लमजुङ । १७ किलो सुन सहित लमजुङमा एक युवक पक्राउ परेका छन् । मनाङको नासोङ गाउँपालिका(९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ गरेको हो । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

हेर्दा सुन हो । प्रहरीले घटनाबारे विस्तृत विवरण बाहिर ल्याएको छैन ।पासागंले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं। को मोटरसाइकल समेत समातिएको छ ।

तपाईको प्रतिक्रिया