मुम्बई- बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आफ्नो किताबका कारण विवादमा तानिएका छन् । उनको जीवनीमा आधारित किताब ‘एन अर्डिनरी लाइफ’लाई लिएर उनले सार्वजनिक माफीसमेत मागेका छन् । उनको किताबमा पूर्व प्रेमिकासँग गरिएको ‘सेक्स’बारे उल्लेख छ । उनले आफूले बिना सहमति ती महिलाहरुको नाम उल्लेख गरेको भन्दै ट्विटरमार्फत् माफी मागेका हुन् ।

सिद्दीकीले रितुपर्णा चटर्जीको सहयोगमा आफ्नो बायोपिक किताब बजारमा ल्याएका हुन् । जसमा पूर्व मिस इन्डिया निहारिका र अभिनेत्री सुनिता रजवारसँगको सम्बन्धबारे उल्लेख छ । सिद्दीकीले ट्विटमा उक्त किताब फिर्ता लिने बताएका छन् । किताब प्रकाशन गरेको पेँग्विन रेन्डम हाउसले पनि किताब फिर्ता लिने पुष्टि गरेको छ ।

‘सेक्स’ विवाद सिद्दीकीले किताबमा निहारिकासँग मिस लवलीमा काम गर्दा प्रेममा परेको उनीसँग शारीरिक सम्बन्धसमेत भएको उल्लेख गरेका छन् । यसको विरोध गर्दै पूर्व सिम इन्डिया निहारिकाले सिद्दीकीले आफ्नो किताब बिकाउन एउटीको महिलाको प्रयोग गरेको बताएकी थिइन् ।

पूर्व प्रेमिकाको बयान

सिद्दीकीलाई निहारिकाले मात्र होइनन् सुनिताले पनि कडा जवाफ लेखीकी थिइन् । उनले फेसबुकमार्फत् नवाजुद्दीनले झुठको भ्रम फैलाएको आरोप लगाएकी थिइन् । ‘मैले तिमीलाई औकातका कारण होइन, निच सोँचका कारण छोडेको थिएँ,’ उनले लेखेकी छन् ।

सुनिताले लामो स्पष्टीकरणमार्फत् सिद्दीकी र आफू रिलेसनसिपमा रहँदाका कुराहरु खुलाएकी छन् । सुनिताका अनुसार सिद्दीकीले ती तमाम कुरा उल्लेख गरेका छैनन् जुन कुराले त्यतिबेला धेरै अर्थ राख्थ्यो । ‘यदि तिमी साँचो थियौं भने ती व्यक्तिहरुबारे पनि लेख्थ्यौं, जसले तिम्रो सफलतामा हाम्रो सम्बन्धको बखान गथ्र्यौ,’ उनले लेखेकी छन् ।

‘तिमीले लेखेका छौं– म तिम्रो पहिलो प्यार थिएँ, सुख्खामा वर्षाको पानीजस्तै । यस्तोलाई पहिलो प्यार भन्छन् भने भगवानले कसैलाई यस्तो पहिलो प्यार नदिउन् । आज तिमीसँग नाम छ । राम्रो काम छ । त्यही भएर पहिले मैले केही भनिन् तर आज भन्छु तिमी काममा फोकस् होउ,’ उनले लेखेकी छन् ।

उनले अन्त्यमा भनेकी छन्, ‘मैले तिम्रो गरिबीका कारण होइन, गरिब सोँचका कारण छोडेकी थिएँ । तिमीले आफ्नो बायोग्राफीबाट यो साबित पनि गरिदियौं कि मैले जुन नवाजलाई चिन्थे तिमी त्योभन्दा पनि गरिब रहेछौं ।’नागरिकबाट

तपाईको प्रतिक्रिया