काठमाडौं । काठमाडौंको कमलादीमा गोली चलेको छ । केही बेर अघि कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको र गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको काठमाडौंका एसएसपी रविन्द्र धानुकले ताजाखबरलाई जानकारी दिए । एसएसपी धानुकका अनुसार पक्राउ परेका दुई भारतीयहरुबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ । उनीहरुलाई अहिले कमलपोखरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया