पाल्पा : तानसेन– ५ ढुंगाखानीमा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

तानसेनको सेतीपोखरीबाट कैलाशनगरतर्फ फर्कने क्रममा लु१च ९८९१ नंको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया