काठमाडौँ । दिउँसोको मध्य प्रहरमा व्यस्त नेपालगंज शहरमा देखियो एउटा अनौठो दृश्य । मान्छेको भीड छिचोल्दै एउटी सानी बालिका अन्दाजी ९ बर्षकी हातमा लाठी लिएर चढिन् बिस्तारै अनि हिडिन् । बाँसमा बाँधिएको डोरीमा आफ्नो पाईलाको चाललाई मन्द मन्द गतिमा बढाईन् ।

जमिनमा त्यो बालिकाको बाबा उनैलाई पछ्याउदै थिए । हेर्दै थिए खुट्टाका गतिलाई अनि एक महिला डोरी समाईजमिनमा गाडिएको किला सँगै ती बालिकालाई आड दिँदै थिईन् ।

भीड बढ्दै गयो मान्छेहरु थपिदै गए ताली बज्दै गयो फोटोहरु खिचिए, मोबाईलबाट भिडियोहरु बने अनगिन्ती १० ,२०, ५०, १०० रुँपैया सबैको जेबबाट झर्दै गयो बालिकाको प्रशंसा चौतर्फी भयो ।

तपाईको प्रतिक्रिया