नेपालगन्ज १५ कार्तिक । शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जका संचालकहरु सम्पर्कबिहीन भएका छन् । जस्का कारण हजारौं बचतकर्ता रकम डुब्ने चिन्तामा छन् । सन्चालकहरु लामो समयदेखि सम्पर्कविहीन भएपछि कर्मचारीहरु पनि तनाबमा छन् ।

संस्थामा नगद मौज्दात नभएको र रकम झिक्न पुग्ने बचतकर्ताले समेत उनीहरुलाई नै तारो बनाउन थालेपछि कर्मचारीहरु समस्यामा परेका छन् । उनीहरु म्गलबार देखि कार्यालय जान छाडेका छन् । नेपालगन्जको कारकाँदोमा मूख्य कार्यालय रहेको शुभारम्भको खजुरामा शाखा कार्यालय रहेको छ ।

यसैबीच संस्थाका प्रमुख कृपाराम बाडियाले संस्थाको समस्या समाधान गर्न आफूहरु लागिपरेको र बचतकर्ताहरुको रकम जसरी पनि फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन । बुधबार एक विज्ञप्ती जारी गरी अध्यक्ष धर्मेन्द्र बर्मा लगायत पुराना कर्मचारीले असहयोग गर्दा समस्या भएको प्रष्टीकरण दिएका छन ।

तपाईको प्रतिक्रिया