खगेन्द्र दाहाल, नेपालगन्ज १५ कार्तिक । बाँकेको खजुरा गाँउपालिकामा रहेको कर्णाली डिस्टिलरीले अदालतको फैसला अटेरी गरेको छ । डिस्टिलरीले नजिकै रहेको स्थानिय किरणनालामा फोहोर पानि नमिसाउने भनि पुनराबेदन अदालतले २०७३ मा फैसला गरेको थियो । तर उक्त फैसलाको निर्णय डिस्टिलरीले मानेको छैन । वाट निस्किएको फोहोर पानी कारण किरण नालामा मिसाइदै आइएको छ । मदिरा उत्पादन पछि निस्कीएको पानि पासलाई सिदै नालामा मिसाउदा त्यस पानिलाई धान बालिमा लगाएका किसानले यस वर्ष उत्पादनमा कमि आएको बताएका छन । कर्णाली डिस्टिलरीवाट निष्केको फोहर किरण नालामा मीसाउदा त्यो पानीले सिंचाइँ गरेको धानखेतिमा गुभा मरेकाले धान उत्पादनमा कमी आएको धवलागिरीका स्थानीय पवित्रा काउँचाले वताइन ।

सिंचाइँको लागी अन्य विकल्प नभएकाले किसानहरुले किरण नालाको पानी नै प्रयोग गर्ने गरेको वताएका छन् । तर उक्त खोलामा मिसिएको डिस्टिलरीको पानीले हरेक वर्ष माटोको उर्वरा शक्तिमा ह्रास हुदै गएको खजुरा गाउँपालिका ३ धवलागिरीका गंगबहादुर काउँचाले बताए । पहिले राम्रो उत्पादन हुने जमिनमा पनि डिस्टीलरीको पानि मिसिदा उम्रेको विउ पनि मर्ने गरेको काउचाँले बताए । समय समयमा डिस्टीलरीले प्रदूषित पानी छोड्दा लामखुटे लाग्ने, गन्धले टाउको दुख्ने, खोकी लाग्ने, विषालु पानीका कारण जलचर प्राणी मर्ने लगायतका समस्या पनि देखिएका स्थानीय वताउँछन् । त्यही प्रदूषित पानी पशुहरुलाई खुवाउदा विरामी हुने गरेको खजुरा गाँउपालिका ३ का नरवहादुर सुनार वताउछन ।

डिस्टीलरीका कारण खजुरा गाँउपालीका वडा नम्वर १, २, ३ मा पर्ने धवलागीरी, सि गाँउ, सैनिक, के गाउँ लगायत किरणखोलाको आसपासका किसानहरु मर्कामा परेको स्थानिय दिलबहादुर पुनले बताए । चिसो मौसम भइसक्दा पनि फोहोर पानिका कारण लामखुट्टे लागेर विरामी नै पारेको पुनले बताए । डिस्टिलरीले अदालतको फैसला अटेरी गरेको वताउदै स्थानीय गंगवहादुर काउचा किसानले सीँचाई नगर्ने समयमा बाढी आउने बेला पानी किरण नालामा फाल्दा किसानहरुले यो समस्या भोग्नु नपर्ने वताउछन ।

यो बेला फोहोर दुगन्धीत लेदो पानि नालामा मिसाउदा भएको माछा पनि मरेको किसान काउचाँले जनाए । कर्णाली डिस्टिलरीको प्रभावलाई न्युनिकरण गर्न अधिवक्ता सुनिल श्रोष्ठ सहितको टोलीले दिएको मुद्धा पुनरावेदन अदालत नेपालगन्जले २०७३ चैत्र २ गते फैसला गरीसकेको छ तर पनि डिस्टीलरीले फैसला अटेर गर्दै आउदा यसको मार स्थानीयले भोग्न परेको छ ।

तपाईको प्रतिक्रिया