काठमाडौं । नेपालका होचा कलाकार दीपेन शाहले संसारकै होचो कलाकारमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्ने सुरमा छन् । होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथिमार्फत अभिनय यात्रामा लागेका दीपेन हास्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मन जित्न सफल कलाकार हुन् ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दिपेन बाल्यकालमा बिरामी परेपछि उनको शरीर नबढेको आमा धनकुमारी बताउँछिन् । ११ केजी तौल र ३१ इन्च उचाइ भएका दीपेन अहिले दिपेन सर मार्फत चर्चित छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दीपेनको नाम लेखाउन अहिले दीपेन शाह फान्डेसन र शिखर नेपालनामक दुई संस्था लागिरहेका छन् ।

हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमापाउन्डेसनका अध्यक्ष शिखर नेपाल विश्वस्त छन् । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया