काठमाडौँ । ब्यबसायी सुरज पोखरेलसाग वैबाहिक बन्धनमा बाँधिए लगत्तै एकाएक हराइन् नायिका रेजिना उप्रेती । नायिका रेजिना उप्रेती यस्तो समयमा चलचित्र नगरीबाट एकाएक हराइन् जतिबेला उनको सर्वाधिक डिमाण्ड थियो ।

माटो, कर्णवीर, बाघचाल, ज्वाला लगायत दर्जनौ सिनेमामा काम गरेकी अभिनेत्री रेजिना उप्रेती अहिले छोरीकी आमा बनेर उनको हेराचाहमा समय बिताइरहेक छिन् । पति सुरज पोखरेलसागै रेजिना अहिले बेलायतमा व्यवसाय गर्दै आईरहेकी छिन् । सांस्कृतिक कार्यक्रमको समयमा बेलायतमै रेजिना र सुरजको चिनजान भएको थियो । सन् २०१४ मा सुरजसँग रेजिना उप्रेतीको विवाह भएको थियो । रेजिनाले नेपाली सिनेमा उद्योगमा एक दशकसम्म दिएको समयको आज पनि दर्शकहरुले सम्झिरहेका छन् ।

तपाईको प्रतिक्रिया