काठमाडौँ । चलचित्र ऐश्वर्यको चौतर्फी चर्चा र तारिफकाबिच निमाृण यूनिटले सिने डी सेफमा स्पेसल शो को आयोजना गर्यो । जहाँ चर्चित अनुहारहरुको बाक्लो उपस्थिती रहेको थियो । फिल्मलाई दर्शकले रुचाइरहदा टिम र फिल्मकर्मीसंगै मिडियाकर्मीलाई पनि फिल्म हेराउने उदेश्यले शो को आयोजना गरिएको निर्माण पक्षले जनाएको छ ।

रमेश उप्रेतीको प्रस्तुतिमा तयार भएको फिल्ममा उनिसंगै प्रशान्त ताम्राकार , दीपिका प्रसाईं , केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , बिकाश खतिवडा , तेन्जु योन्जन , केशब भट्टराई लगायतको अभिनय रहेको छ ।

फिल्मको सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलर तथा त्यसमा बोलिएको संवाद मार्फत चर्चामा आएको फिल्म ऐश्वर्यलाई स्पेसल शो मा हेर्न अभिनेता तथा निर्देशक भुवन केसी , कलाकार बिराज भट्ट , अभिनेत्री भुवन चन्द , साम्राज्ञी राज्य लक्ष्मी शाह , रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल , द्वन्द निर्देशक राजेन्द्र खड्गी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , कलाकार संघका अध्यक्ष रामकेशर बोगटी , गायक हिमाल सागर , कलाकार विश्व बस्नेत , संविधानविद डाक्टर भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ , कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । फिल्म हेर्ने अधिकाँसले यसको मेकिङको प्रसंसा गरेका छन् भने कलाकारको अभिनयको तारिफ पनि उतिकै गरेका छन् ।

तपाईको प्रतिक्रिया