एजेन्सी । बलिउडकी चर्चित नायिका तथा पूवृ विश्व सुन्दरी प्रियंका चोपडाका प्रेमी को होलान् रु धेरै नायक तथा भारतयि ब्यापारीहरुको रोनाइमा परेकी यि सुन्दरीले आफ्ना वास्तविक प्रेमीको बारेमा राज नखोले पनि उनले एक अन्तरवार्तामा पूर्वप्रेमीप्रति अझै उस्तै आसक्ति देखाइरहेको जस्तो अभिब्यक्ति दिइन् । अन्तरवार्ताको क्लाइमेक्समा पुगेका बेला उनले पूर्वप्रेमीको आफूकहाँ छुटेको ज्याकेट उनले अझै बेलाबेला लगाउने गरेको रहस्य खोलिन् । यस्तो रहस्योद्घाटन उनले ६ महिनाअघि अमेरिकी च्याट सो ‘डर्टी लोन्ड्री’ मा गरेकी थिइन् । उनको यो स्वीकारोक्तिले मिडिया र सामाजिक सञ्जाललाई राम्रैसँग तताइदिएको थियो ।

र, धेरैले उनका पूर्वप्रेमी को होलान् भनेर धेरै थरी अड्कलबाजी गरेका पनि थिए । अहिले यो बहस पुनस् चुलिएको छ । शाहरूख खानले हालै एउटा पार्टीमा हुबहु त्यस्तै ज्याकेट लगाएर पुगेका तस्बिरहरूले ‘कतै शाहरूख नै प्रियंकाका पूर्वप्रेमी त हैनन् भन्ने अड्कलबाजी प्रश्न अहिले उनीमाथी तेर्सीन थालेका छन् ।

तपाईको प्रतिक्रिया