एजेन्सी । सुन्दरी नायिका तथा पूर्व पोर्न स्टार सन्नी लियोनीलाई अहिले पनि बलिउडका कलाकारहरुले पोर्न स्टारकै ब्यबहार गर्ने गरेका छन् । जुन कुरा सन्नीले अहिले पनि दुखका साथ केही अन्तरवार्तामा बताउादै आएकी छिन् ।

कार्यक्रममा होस् वा अर्वाड समारोहमा जाँदा होस् मुलधारका कलाकारहरुले सन्नीलाई अछुतको जस्तो व्यवहार गर्ने गरेका कारण उनले शोमा एक्लै बस्नुपर्दा साथीको रुपमा श्रीमान्लाई लिएर जान गरेको रहस्य खुलाइन् । अवार्ड शोमा जाँदा सन्नी जब स्टेजमा उक्लिन्थिन्, मुलधारका कलाकारहरु उनीसँग उभिनसमेत हिच्किचाउँथे ।

उनीहरुका नजरमा सन्नी एक फोहोरी फिल्म उद्योगबाट आएकी फोहोरी नायिका थिइन् । यसैबिच सन्नीले शाहरुख खानको फिल्म ‘रइस’ मा आइटम डान्स गरेपछि अहिले उनलाई हेर्ने नजर बदलिएको छ । चाँडै नै सलमान खानको आगामी फिल्ममा हेर्न पाइने भएको छ । अहिले उनको ब्यस्तता झन् भन्दा झन् बढ्दो छ ।

तपाईको प्रतिक्रिया