एजेन्सी। प्रेम पाउन मानिसले के सम्म गर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेकी छिन् पाकिस्तानकी एक महिला ।

आइसा बिबी नाम गरेकी महिलाले परिवारको दबाबमा बिहे गरेपछि प्रेमीलाई पाउन भन्दै श्रीमान र उनका १४ जना नातेदारलाई दूधमा बिषाक्त पदार्थ हाली दूध सेवन गर्न लगाउँदा उनीहरुको ज्यान लिइन् ।

प्रेमीकासँग मिलेर १५ जनाको हत्याको आरोपमा उनका प्रेमी सहित आयसालाई प्रहरीले पक्राउ गरेको छ । आइसाले आँफुले गरेको आपराधिक हर्कत स्विकारेकी छिन् ।

तपाईको प्रतिक्रिया