काठमाडौं । नायिका जल शाह यतिबेला अमेरिकामा परिवारको साथमा रमाइरहेकी छिन् । वैबाहिक बन्धनमा बाँधिए लगत्तै अमेरिका पलायन भएकी जलले कुनै समय नेपाली चलचित्रमा अभिनय गरेर धमाका नै मच्चाएकी थिइन् । चलचित्रमा जमिरहँदा बिहे गरेकी उनी पछिल्लो समय सामाजिक संजालमा आफ्नो पारिवारिक तस्विरहरु शेयर गर्दै आफ्ना फ्यानहरुमाझ अपडेट भइरहेकी छिन् ।

नायिका जलले छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै भनिन् ‘तपाईंहरूको रिक्वेस्टलाई स्विकार्दै पहिलो पटक मेरी छोरीको तस्बिर सेयर गर्दै छु, साथै आशीर्वाद मिलोस् ।

केही महिनाअघिको आफ्नो फेसबुक पेजमा छोरीको फोटो अपलोड गरेकी थिइन्, जसमा उनले आफ्नो स्टाटसमा ‘कलश’ को शाब्दिक अर्थसमेत खुलाएर लेखेकी छन् । परम्परागत पहिरन लगाएकी छोरीको यो तस्बिरमा हजारौंले लाइक आएका छन् ।

तपाईको प्रतिक्रिया