तनाव घटाउँछ हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीब्र हुन्छ । यसले गर्दा रक्तसञ्चार तीब्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।

सुरक्षित क्रिया यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक र मानसिक सन्तुष्टि पाउन सक्छन ।

यौन दुर्वलताको उपचार शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिदै आएका छन ।

मीठो निन्द्रा सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निन्द्रा लगाउने गर्दछ । हस्तमैथुनको क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन । त्यही भएर अनिन्द्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि सावित हुन सक्छ ।

प्रसन्न बनाउँछ हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

प्रजनन रोग घटाउँछ हस्तमैथुनले प्रजननसम्बन्धि रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्टे«ट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनहरुले देखाएको छ । त्यस्तै हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धि इन्फेक्सन अथाव मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया