नेपालगन्ज १४ कार्तिक । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्वर २ का टिकाराम बस्नेत वर्षमा २ हप्ता मात्रै घरमा बस्न पाउछन । गाउँघरमै काम गरेर खानसक्ने बाटो नहुदाँ विदेशिनु परेको बस्नेतले बताए । सल्यान कुपिण्डे बनगाड नगरपालिकाका ७ का रिमबहादुर रावत आफ्नी श्रिमतीसहित रोजगारीका लागी भारत जाँदै छन । वर्षमा एक महिनाका लागी मात्र आफ्नो घरमा चाडपर्व मनाउन आउने गरेका छन ।

रावतका परिवारले यस अघिका निर्वाचनमा भाग लिएका छैनन् । रावतले निर्वाचनमा भोट हाल्न पर्खिदा आफ्नो घरपरिवारको साझ विहानको गासँ खोसीने भएकाले भारतको यात्रा तय गर्न परेको बताउछन । रावत सगै सयौको सङख्यामा दसैं तिहार मनाएर फेरि अर्को दसैँ तिहार र घर व्यवहार धान्न भारतको बाटो तय गर्न थालीसकेका छन । रुपैडिहा नाका हुदै सयौ युवाहरु भारतका विभिन्न सहरमा रोजगारीका क्रममा जाने लर्को नै लागेको छ । कतिले देशमा संघियता आएपछिको पहिलो चुनावमा भोट हाल्न पाए कतिले पाएनन् ।

सम्मुखमा आइपुगेको प्रदेश र प्रतिनिधीसभाको चुनावमा भोट हाल्न नपाउँदै उनीहरु प्रदेशिएका छन । भारत जान प्रदेशिनु रहर नभएर बाध्यता रहेको बनेको बर्दिया बारबर्दियाका करण खड्काले बताए । संघीय संरचनापछि पहिलो पटक स्थानीय तहको निर्वाचनमा मतदान गर्न उत्साही भएका मतदाताहरु प्रदेश र प्रतिनिधिसभा चुनावमा भने उत्साहि देखिएका छैनन् । स्थानीयतहको निर्वाचनले आप्mनो गाउँठाउँको विकासमात्र हैन विदेशीनु पर्ने बाध्यतालाई समेत हल गर्ने उनीहरुको विश्वास थियो । उम्मेदवारहरुले पनि भोट माग्ने बेला त्यसैगरी आश्वसन दिएका थिए । तर आश्वसन दिएजस्तो व्यवहारमा नदेखिएपछि उनीहरु खिन्न भएको बर्दिया बारबर्दियका खड्काले बताए । प्रदेश नं. ५, ६ र ७ का अधिकांश युवाहरुको रोजिरोटीको पहिलो गन्तव्य भारत बनेको छ । कम आयस्तर भएका अधिकांश मानिसहरु रोजगारीका लागि भारतका जम्मु कासमिरदेखि सिम्लासम्म पुग्ने गरेका छन् ।

जमूनाह प्रहरीको तथ्याङ्क हेर्ने हो भने दसैं तिहारको समयमा मात्र करिव ५० हजार नेपालीहरु नेपाल भित्र्ने गरेका छन् र चाडपर्व सकिएपछि पुनः उनीहरु भारत जाने गरेका छन् । जमुनाह प्रहरीका अनुसार दैनिक २ सयको हारहारीमा अहिले भारततिर नेपालीहरु रोजगारीको सिलसिलामा जाने गरेका छन । स्थानीय तहको निर्वाचनपछि गाउँघरमै रोजगारी पाइने र विदेशीन नपर्ने नेताहरुको आश्वसनले उनीहरु दंग भएर भारतबाट नेपाल फर्किएका नेपालीहरु निरास हुदै पुनः भारत पस्न बाध्य बनेका छन । जनप्रतिनिधिहरुले अपेक्षा गरेको जस्तो काम नगरेपछि आसन्न चुनावले उनीहरुलाई उत्साही बनाउन नसकेको हो ।

तपाईको प्रतिक्रिया