एजेन्सी । विश्वकै निरंकुश र क्रुर शासक मानिएका उत्तर कोरियाली नेता किम जोन उन सैनिक र मिसाइल भन्दा ढा बसेका समाचार र तस्विर कमै मात्रामा आउने गर्छन् । साधै सैनिककै नरघेरमा रहने उत्तर कोरियाली नेता किम जोन उन यसपटक भने पत्नी र बहिनीका कारण समाचारमा छाएका छन् । नेता किमले हालै पत्नी रि सोल जु र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले परीक्षण गरेको आणविक हतियारको विरूद्धमा अमेरिका र अन्य मुलुकहरूको समर्थनमा उत्तर कोरियामाथि व्यापारिक प्रतिबन्ध लगाएपछि उत्तर कोरियामा शृंगारका सामानहरूको अभाव भएको छ ।

संयुक्त राष्ट्रसंघीय व्यापारिक प्रतिबन्धपछि विश्वका कैँयौ मुलुहहरूले आफ्ना उत्पादन उत्तर कोरिया निर्यात गर्न छाडेपछि त्यहाँ शृंगारका सामानमा अभाव खट्किएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार शृगार उद्योगकको अवलोक गर्दै नेता किमले आगामी दिनमा त्यस्ता सामानहरूको उत्पादन आफैँले गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया