काठमाडौँ । कर्तव्य ज्यान मद्धामा पक्राउ परेका माओवादीका नेता बालकृष्ण ढुंगेलको माओवादी पार्टीले जीवन रक्षाको माग गरेको छ । कर्तव्य ज्यान मद्धामा मंगलबार बिहान पक्राउ परेपछि निर्वाचनको मुखमा पक्राउ गर्नु षड्यन्त्र भएको भन्दै माओवादी केन्द्रका एक नम्बर प्रदेश इञ्चार्ज गोपाल किरातीले उनको जीवन रक्षाको माग गरेका हुन् । किरातीले ढुंगेलको गिरफ्तारीबारे जीवनरक्षाको माग गर्दछु भन्दै विज्ञप्ति निकालेका हुन्।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरण द्वन्द्वकालीन मुद्दा भएको भन्दै माओवादीले निरन्तर ढुंगेलको बचाउ गर्दै प्रहरीलाई दबाब दिएका कारण प्रहरी नेतृत्वले ढुंगेललाई यसअघि पक्राउ गर्न सकेको थिएन ।

माओवादीको दबाबका बाबजुत पछि पनि हत्यारा नेता ढुंगेल अन्तत पक्राउ गर्न प्रहरी सफल भएको छ ।कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएपछि फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे लगत्तै नेपाली राजनीतिक फेरी एक पटक तात्ने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया