एजेन्सी -बलिउडको सफल चलचित्र जुडवा–२ की अभिनेत्री तापसी पन्नू अब फेरी अर्को चलचित्रमा काम गर्ने भएकी छन् ।जुडवा–२ को सफलता पछि बिदा मनाउन डेनमार्क पुगेर भारत फर्किसकेकी तपसीुको हातमा फेरी चलचित्र आएको छ ।

उक्त चलचित्रमा तपसी ले वकिलको भूमिका निर्वाह गर्ने भएकी छन् । लखनउमा छायांकन गरिएको यो चलचित्रमा ऋषि कपुर पनि महत्त्वपूर्ण भूमिकामा छन् ।

थ्रिलर शैलीको यो चलचित्रका लागि तापसीले आफ्ना क्रिमिनल लयर साथीहरूको सहयोगमा आफ्नो भूमिकाको तयारी गरिरहेकी छिन् ।

आफ्ना थुप्रै साथी वकिल भएकाले चलचित्रमा आफूलाई वकिल बन्न खासै असहज नहुने तापसीको भनाइ छ । उनी आफु यस चलचित्रमा शसक्त वकिलका रूपमा देखिनेछु भन्ने कुरामा ढुक्क रहेको बताएकी छन् ।जुडवा–२ मा बोल्ड अबतारले तपसी झनै चर्चामा आएकी छन् ।

 

तपाईको प्रतिक्रिया