काठमाडौं । साजिद खानले निर्देशन गर्ने ‘हाउसफुल’को चौथो शृंखलामा कोको कलाकार रहनेछन् ? यस विषयमा निर्माण यूनिटले अहिलेसम्म केही खुलाइएको छैन ।

‘हाउसफुल’को चौथो शृंखलामा अक्षय कुमार सहित ज्याक्लिन फर्नान्डिस पनि रहने खबर आए पनि ज्याकलिन र साजिदबीचको नराम्रो सम्बन्धका कारण उनी यो फिल्ममा नरहने संभावना बढेको बताइन्छ । निर्देशक साजिद र ज्याक्लिनबीच हाउसफुल २ को वेलामा प्रेम चलेको थियो । त्यतिवेला उनीहरूले खुलमखुल्ला रूपमा प्रेम जाहेर गरेका थिए । तर, पछि उनीहरूको सम्बन्ध टुट्यो । ‘हाउसफुल ३’ साजिदले निर्देशन गरेनन् । तर, त्यो फिल्ममा ज्याक्लिन मुख्यमध्ये एक हिरोइन थिइन् ।

चलचित्रको सम्पूर्ण जिम्मा साजिदले पाएकाले चलचित्रमा कुन हिरोइन राख्छन् भन्ने विषयमा उनकै हातको कुरा रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया