काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विदेश भासीएको धेरै वर्ष भइसक्यो । बिहे अघि चलचित्र र म्यूजिक भिडियोमा राम्रोसँग जमेकी अरुणिमा अहिले एक सन्तानकी आमा बनेर बेलाबेलामा आफ्नो पारिवारिक गतिबिधिलाई सामाजिक संजाल मार्फत अपडेट गराइरहेकी हुन्छिन् । केही समय नेपाली फिल्ममा चम्किएपछि एकाएक विदेश पलायन भएकी अरुणिमाकी एक छोरी छिन् । आफ्नो फेसबुकको कभर फोटोमा अरुणिमाले छोरीसहित मोडलिङ पोज दिइरहेको तस्बिरले राम्रो चर्चा बटुलिरहेको छ ।

तपाईको प्रतिक्रिया