काठमाडौं । फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कर्तव्य ज्यान मुद्दामा फरार नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गर्न सफल भएको हो ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार भएपछि पछिल्ला दिनमा ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा समेत परेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।यद्यपी प्रचण्ड नेतृत्वको माओवादीले भने द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो । माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुंगेललाई यसअघि पक्राउ गर्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया