काठमान्डौँ, १३ कार्तिक । नेपाली गीति एल्बमको जगतमा यस बर्षको सर्वाधिक हिट मानिएको ‘तिमि मेरो मुटु’ बोलको गीतमा सन्तोष राजको सँगितले फड्का्े मारेको छ । हालै रिलिज गरिएको नेपाली भाषाको गीती एल्बम ‘तिमि मेरो मुटु’ नामक एल्मबको कभर गीतको रुपमा छानिएको उक्त बोलको गीतमा सन्तोष राजले आफनो सँगित भरेका छन् । मैथिली, भोजपुरी, हिन्दी र नेपाली भाषाका गीतहरु लगायत कैँयौ गीति एल्बम तथा चलचित्रमा समेत आफनो सँगित भरेका सन्तोषले अहिले बजारमा आएको यो गीतमा दिएको सँगित सर्वाधिक रुचाइएको छ ।

बजारमा रिलिज भए लगत्तै समाजिक सञ्जाल युटुबमा समेत भिडियो गीतले चर्चा कमाएको छ ।चर्चित गायक अनुज जोशीको सुमधुर स्वर, लक्ष्मण सिटौलाको रचना रहेको यस गीतको भिडियो भर्सनमा चर्चित हट मोडेल मेघना मगरले हट अभिनय दिएकी छन् । त्यस्तै गीतको निर्देशन भने लक्षु गौत्तमले गरेका छन् ।

तपाईको प्रतिक्रिया