नाम गंगा दाहाल वर्ष : ३० घर : अन्नपुर्ण गाउँपालिका वडा नं. २ नाउडाँडा दिपको डिल समस्या : दुवै मृगौला फेल

हो जन्मिएपछि यो संसारमा मर्न सबैलाई पर्छ । यसमा २ मत छैन तर पाईन्जेल र सकिन्जेल मात्र १ सेकेण्ड भएपनि धेरैँ बाचौँ भन्ने सबैलाई हुन्छ । तर गंगा दाहाललाई बाँच्छु जस्तो लागेकै छैन । किनकी उनको परिवार आर्थिक स्थितिले कमजोर छ ।

घरमा बुढा भएका सासु ससुरा, सामान्य ईलेक्ट्रीसीयन श्रीमान, ७ र ४ वर्षका २ कलिका छोराहरु छन् । गंगाको मृगौलाले काम गर्न छाडेको पनि १०÷११ महिना भयो, डाक्टरले अब प्रत्यारोपण गर्नुपर्छ भनेको छ । प्रत्यारोपणको लागि मृगौला दिने व्यक्ति परिवार भित्रै पाईन आशा भने गंगालाई छ । गंगाकी दिदीले मृगौला दिने बताएकी छन्, तर पनि गंगालाई बाँच्छु जस्तै लागेको छैन, किनकी मृगौला दिने मानीस भएपनि प्रत्यारोपणको लागि आवश्यक पर्ने पैसा उनिहरुसंग छैन । उनि भन्छिन्– “कमसेकम कलिला छोराहरुलाई टुहुरो बनाउन मन थिएन, तर के गर्ने कुनै उपाय नै नलाग्ने भयो ।” सुरुमा जोरो आउने र शरिर सुनिन थालेपछि गंगा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न आएकि थिईन् र त्यतिबेला उनलाई थाहा भयो कि आफ्ना २ वटै मृगौलाले काम गर्न छाडेछन् । उनि अहिले कणीपालमा हप्तामा २ पटक डाइलोसस्स गरेर बसीरहेकी छन् ।

गंगाका श्रीमान ऋषिराम दाहाल ईलेक्ट्रीसियन छन् । पहिला त परिवार आफ्नो आम्दानी र श्रीमतीले साथले जसोतसो परिवार चलिरहेको थियो तर गंगाको मृगौलाले काम गर्न छाडेपछि बुढा बा आमा, श्रीमति र छोराछोरीको जिम्मा उनलाई आयो अहिले उनि याकुल ब्याकुल छन् , तर श्रीमतीलाई बचाएर छोराहरुले आमा भन्न मात्र पाए हुन्थ्यो भन्छन् उनि । गह भरी आँशु र मन भरि पिडाका बिचमा पनि श्रीमति बचाएर छोराहरुले आमा भनेको हेर्ने उनको ठूलो ईच्छा छ । उनि भन्छन् – “मेरो एक थोपा रगत रहुन्जेल सम्म श्रीमति बचाउनको लागि प्रयास गर्नेछु ।” पैसा नभएपछि ऋषिरामको आजकल आशा मरेको छ ।

“सापटी मागम यत्रो रकम को संग माग्ने, सायद दीदैनन् पनि । धितो राख्ने नभएपछि ऋणको विषय सोच्ने कुरै भएन । घर जग्गा बेचौँ मात्र २ आना जग्गा छ ।” यस्तो संकट परेका ऋषिराम भन्छन् – “सहयोग गर्ने कोहि भगवान बनेर आए सायद मेरा कलिला छोरा टुहुरा बन्ने थिएनन् ।” सहयोगको लागि सम्पर्क :

तपाईको प्रतिक्रिया