काठमाडौँ १४ कात्तिक । एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । नयाँ पत्रिकामा खबर छ ।

सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार -केपी ओली, झापा ५ -माधवकुमार नेपाल, काठमाडौं २ -झलनाथ खनाल, इलाम १ -वामदेव गौतम, बर्दिया १ -भीमबहादुर रावल, अछाम १ -ईश्वर पोखरेल, काठमाडौं ५ -सुवास नेम्वाङ, इलाम २ -विष्णु पौडेल, रूपन्देही २ -प्रदीप ज्ञवाली, गुल्मी १ -गोकर्ण विष्ट, गुल्मी २ -सुरेन्द्र पाण्डे, चितवन १ -भानुभक्त ढकाल, मोरङ ३ -लालबाबु पण्डित, मोरङ ६ -राजेन्द्र राई, धनकुटा -गोकुल बास्कोटा, काभ्रे २ -महेश बस्नेत, भक्तपुर २ -कृष्ण राई, काठमाडौं ३ -राजन भट्टराई, काठमाडौं ४ -रामवीर मानन्धर, काठमाडौं ६ -नवराज सिलवाल, ललितपुर १ -कृष्णलाल महर्जन, ललितपुर २ -जगन्नाथ खतिवडा, उदयपुर २ -खगराज अधिकारी, कास्की १ -रवीन्द्र अधिकारी, कास्की २ -पद्मा अर्याल, स्याङ्जा २ -तिलक महत, नवलपुर २ -दलबहादुर राना, पाल्पा १ -मेटमणि चौधरी, दाङ १ -ऋषिकेश पोखरेल, मोरङ २ -किसान श्रेष्ठ, तनहुँ १

यी हुन् प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वार

प्रदेश नम्बर ७ :

कञ्चनपुर प्रतिनिधिसभा २ नरबहादुर धामी ३ दीपकप्रकाश भट्ट

कञ्चनपुर प्रदेश सभा १ क. तारा लामा तामाङ १ख. मर्यादा विष्ट २ ख. लालबहादुर खड्का ३ क. प्रकाश रावल

कैलाली : प्रतिनिधिसभा १. गरिमा शाह २. झपट रावल ५. नारदमुनि राना

डोटी : प्रतिनिधिसभा १. प्रेम आलेमगर

तपाईको प्रतिक्रिया