खगेन्द्र दाहाल, नेपालगन्ज १३ कार्तिक । लबरी चौधरीले छोरालाई हुर्काइन बढाइन, घरजम गराइन तर त्यहि छोराले अहिले सानो सानो कुरामा निहु खोजेर पिट्ने गर्छ । आफ्नै छोरा बाट पाएको यातनाले कुन आमाको चित्त दुख्दैन लबरीका चित्त सुख्खा र आखा बाट आसु रोकिएका छैनन् । आफ्नो पिडा सुनाउन र न्याय पाइने आसाले लबरी विभिन्न निकायको घरदैलोमा न्यायको ढोका ढकढकाउन समेत पुगिन तर उनको पिडा अहिले सम्म कलिकती पनि कम भएको छैन । घरका सदस्यले बेला बेलामा गर्ने दुर्ववहार व्यवहार देखि बाक्क बनेकी लबरीले आफुलाई अन्याय पर्दा छिमेकी पनि नगुहारेकी भने होइनन् तर छरछिमेकीले पनि उनको समस्यालाई देखे नदेखेको गर्नाले हिंसा सहन बाध्य छन ।

राप्ती सोनारीकै रिनु थारुलाई त आफुलाई हिंसा भएपछि कहाँ गएर उजुरी गर्ने भन्ने नै थाह छैन । रिनुलाई आफ्नो घर परिवारले दिएको पिडालाई समाजको सामु राख्दा आफुले न्याय पाउछु जस्तै लागेको छैन । विहे भएको थुप्रै वर्ष भएपनि हाल सम्म विवाह दर्ता, बालबच्चाको जन्मदर्ता समेत श्रीमानले नबनाइदिएको गुनासो गरीन । उनले आफुले पाएको पिडालाई वडा कार्यलयमा जानकारी गराएको भएपनि न्याय दिनेमा सहयोग गर्लान की नगर्लान भन्ने आसङखा छ । राप्ती सोनारीका गोमा महतरा महिलाले महिलाई नै हिंसा गर्ने गरेको अवस्था रहेको बताउछिन । महिलाहरु बाल विवाह सगै बहु विवाह बाट ज्यादा पिडित बनेको महतराले भनिन्, ‘गाउँका दिदिबहिनीहरु कुनै महिलालाई कसैले हिंसा गरेपनि अन्यलाई त्यसको मतलब नहुदाँ पिडितले न्याय पाउन सकेको छैन ।’ श्रीमानले मादक पदार्थ सेवन गरेर दिनहुँ कुटपिट गरेपनि सहेर बस्न बाध्य रहेको महराले बताइन । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सोमबार आयोजना गरीएको लैंगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम भैरहदा दर्शक दिर्घामा बसीरहेका यि स्थानिय महिलाले सुनाएको पिडा हो यो । यस्तो पिडा राप्ती सोनारी गाउँ पालिकाका प्रत्येक वडामा बस्ने महिलाले भोगिरहनुपरेको छ । राप्तीसोनारी गाउँपालिका बैजापुरमा आयोजना गरीएको कार्यक्रममा लैंगिक हिंसा न्युनिकरण गर्न घरबाटै थालनी गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय बाँके र महिला तथा बालबालिका कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा कुनैपनि किसिमको लैगिंक हिंसा कानुनतः दण्डनिय भएकोमा सर्वसाधारणलाई सचेत समेत गराइएको छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले लैंगिक हिंसा न्युनिकरण गर्न प्रशासनले कानुनी उपाय पनि अपनाइरहेको बताउँदै उत्तम उपाय भने हिंसा हुनै नदिनु रहेकोतर्फ सचेत रहन आग्रह गरे । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालीकामा कुनैपनि किसमिका हिंसा रोक्न आफु तयार हरेको र त्यसमा सबैको साथ आवश्यक रहेको बताए ।

नेपाली काग्रेसका नेतृ तथा बेस नेपालका केन्द्रिय सदस्य सगिता थारुले लैङ्गिक हिंसाका रुपमा महिलाहरु बढि पिडित बनेको उल्लेख गरीन । चौधरीले हिंसा नसहन भन्दै त्यसको विरुद्धमा आवाज उठाउन तयार रहन आग्रह गरनि । कार्यक्रममा बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङ, ससस्त्र प्रहरी उपरिक्षक एसपी फार्णीन्द्र राज पौडेल, राष्ट्रिय अनुसन्धान लैगिंक हिंसा विरुद्धका सन्जाल बाँकेका संयोजक रचना श्रेष्ठ, बेस बाँकेका सगिंता चौधरी, अधिवक्ता बसन्त गौतम लगायतले बोलेका थिए । बेस बाँके, सहारा हाउस, सामना पुनःस्थापन केन्द्र, र माईती नेपाल लगायतका संस्थाको सहकार्यमा माईती नेपाल नेपालगन्जले ४८ जना बाढि पिडित सुत्केरी आमाहरुलाई धोती, ब्लाउज र पेटिकोट पनि वितरण गरेको छ । कार्यक्रममा लागुऔषध विरुद्ध पनि जनचेतना जगाईएको थियो ।

तपाईको प्रतिक्रिया