नेपालगन्ज १३ कार्तिक । बाँकेको डुडुवा गाँउपालिका वडा नम्वर ३ का बाढीपीडितका लागि वितरण हुने राहतमा राजनीति गरिएको भन्दै स्थानियले राहत वितरण अवरुद्ध पारेका छन् । वडा अध्यक्ष भण्डारी लाल यादवले बाढीपीडितहरुको नामावली तयार गर्दा गैर पीडितहरुको नामावली तयार गरी पठाएको र सोही बमोजिम राहात वितरण गर्ने प्रयास गरे पछि स्थानियहरुले विरोध गरेका हुन् । पीडितहरुले पुनः छानबिन गरी वास्ताविक पीडितहरुलाई राहात वितरण गर्न माग गरेका छन् ।

स्थानियको अवरोधपछि गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी संग समन्वय गरेर मात्र राहात बितरण गर्ने बताएको छ । वडा अध्यक्ष भण्डारी लाल यादवले पीडितहरुको नामावली तयार गर्दा केही त्रुटि भएको स्विकार्नुभएको छ । यता, डुडुवा गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले पनि राहात वितरणमा समस्या देखा परेकोले उक्त समस्या समाधानका लागि आफू लागि परेको बताउनुभयो । प्रमुख चौधरीले वडा अध्यक्षहरुलाई जनताको हितमा काम गर्दा राजनीति भन्दा माथि उठेर काम गर्न आग्रह समेत गर्नु भएको पत्रकार आलम खाँले जनाएका छन् ।

तपाईको प्रतिक्रिया