काठमाडौँ । पछिल्लो समयका चचित तथा सर्वाधिक रुचाइएका युवा स्टार अनमोल केसी अभिनित चलचित्र “कृ”को छायाँकन सुरु भएको छ। माघको अन्तिम साता रिलिज हुने बताइएको फिल्ममा नाइट सेड्युल बनाएर चलचित्रको एक्सन सिन छायाँकन भैरहेको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

निर्देशक सुरेन्द्र पौडेलका अनुसार चलचित्रमा अनमोल केसी संगै अदिति बुढाथोकी,अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सुवास गिरि र भुवन केसीले निर्माण गरेका हुन् । चलचित्रको छायांकन केही महिना पहिले नै गर्ने बताइए पनि प्राविधिक कारण जनाउदै रोकिएको चलचित्रको सुटिङ्ग सारिएको थियो । जुन फिल्ममा अनमोलले अहिलेसम्मकै सर्वाधिक बढी पारिश्रमिक डिमाण्ड गरेको समेत खबरहरु आएका थिए ।

तपाईको प्रतिक्रिया